काठमाडौं, १८ फागुन — इन्टरनेटमा हिजोआज युरोपेली मुलुक आइसल्यान्डको एउटा खबर खुबै भाइरल भइरहेको छ । खबर अनुसार आइसल्यान्डको सरकारले युवतीहरूलाई अन्य देशका युवकसँग विवाह गर्नका लागि प्रत्येक महिना लगभग पाँच लाख रुपैयाँ दिने भएको छ ।

देशमा पुरुषको कमी भएका कारण यसो गरिएको बताइएको थियो । तर वास्तविकता अर्कै छ ।
खबरमा चाहिँ यस अफरअन्तर्गत विदेशी युवकले मनपरेकी आइसल्यान्डी युवतीलाई छानेर विवाह गर्नुपर्ने हुन्छ र युवतीसँग त्यहीँ बस्नुपर्ने हुन्छ । केही वेबसाइटले चाहिँ उत्तरी अफ्रिकाका पुरुषलाई यसमा प्राथमिकता दिइने लेखेका थिए ।
तर भाइरल भइरहेका फेक न्युज र फोटोहरूको चिरफार गर्ने स्नोप्स डट्कमले यो गलत समाचार भएको बताएको छ । यो वेबसाइट अनुसार आइसल्यान्डमा १००७ पुरुषको तुलनामा १००० महिला छन् । भाइरल भइरहेको खबरमा भने युवतीहरूको संख्या असाध्यै धेरै भएको बताइएको थियो ।
खासमा यो झुटो खबर द स्पिरिट ह्विस्परर्स नामक एक ब्लगमा कसैले छापेको थियो । त्यसपछि कतिपय समाचार वेबसाइटहरूमा यो खबर छापियो । यसको असरस्वरूप आइसल्यान्डका युवतीहरूले अन्य देशका अपरिचित मानिसलाई फेसबूकमा फ्रेन्ड रिक्वेस्ट पठाउन थाले ।
सरकारको निर्णय भनिएको अफरलाई साँचो माने धेरैले । तर सरकारले यो झुटो भएको बतायो । अनि फ्रेन्ड रिक्वेस्ट पठाउने युवतीहरूमाथि कारवाही पनि चलायो ।
आइसल्यान्ड पर्यटनका लागि प्रसिद्ध देश हो । यहाँका महिलाहरू असाध्यै सुन्दर हुन्छन् ।
दैनिक भास्करबाट