१२ असार २०८३, शुक्रबार

कौडा खेल्न नदिएको भन्दै प्रहरीमाथि आक्रमण, ४ राउण्ड हवाई फायर, दुई प्रहरी घाइते

कात्तिक २४, २०७५
कौडा खेल्न नदिएको भन्दै प्रहरीमाथि आक्रमण, ४ राउण्ड हवाई फायर, दुई प्रहरी घाइते

दैलेख– दैलेखको दुल्लु नगरपालिकको मुख्य बजारमा सडक नै अवरुद्ध हुने गरि कौडा खेलिरहेका समूह र प्रहरीबीच झडप भएको छ । 

कौडा खेल्न अवरोध गरेको भन्दै उक्त समूहले प्रहरीमाथि ढुंगा प्रहार गरेको थियो । 

दुल्लु नगरपालिकाको मुख्य बजार कृति खम्बामा सडक अवरुद्ध गरेर कौडा खेलिरहेको सूचना पाएपछि शुक्रवार राति त्यस क्षेत्रमा पुगेको प्रहरी र जुवाडेहरुबीच झडप भएको थियो । झडपमा इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी

निरीक्षक बजीरसिंह बिष्ट र सहायक निरीक्षक सुजन खड्का घाइते भएका छन् । उनीहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

झडप भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाइ फायर गरेको दैलेका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्