
काठमाडौं — नेपालमा कर्मचारीहरूले ढिलासुस्ती गर्ने कुनै नौलो कुरा हैन ।
तर चीनको एक कम्पनीले कार्यालय ढिलो आउने कर्मचारीका लागि खतरनाक सजायको व्यवस्था गरेको छ । अफिस ढिला पुग्ने कर्मचारीले पिसाब पिउनुपर्छ अनि कक्रोच खानुपर्छ ।
त्यतिले मात्र नपुगेर ढिलासुस्ती गर्ने कर्मचारीलाई बेल्टले पिटिन्छ पनि । अल्छे कर्मचारीको टाउको मुण्ड्याइदिने र शौचालयको मगबाट पानी पिउन लगाउने पनि गरिन्छ ।
त्यो सजाय पनि उनीहरूलाई एकान्तमा नभई सबै स्टाफको अघिल्तिर दिइन्छ । कतिपय अवस्थामा त कर्मचारीहरूको एक महिनाको तलब पनि रोकिन्छ ।
गिझु कम्पनीले यस्तो खतरनाक सजाय दिने गरेको हो । अफिसमा औपचारिक पोशाक लगाएर नआउने कर्मचारीले ५० युआन जरिवाना पनि तिर्नुपर्छ ।
यस्तो सजाय हुने गरेको भएपनि धेरैजसो कर्मचारीले जागिर छोड्दैनन् किनकि यहाँ तलब निकै राम्रो छ ।
कर्मचारीहरूमाथि खराब व्यवहार गर्ने तीन व्यवस्थापकलाई पाँचदेखि १० वर्षको कारावास सजाय भइसकेको छ ।
एजेन्सी