काठमाडौं — बलिउड अभिनेता वरुण धवन आफ्नो विद्यालय समयकी साथी नताशा दलालसँग डेटिङ गरिरहेका छन् । कफी विद करण टीभी शोमा उनले नताशासँगको सम्बन्धका विषयमा खुलेर कुरा गरे ।
आफ्नी प्रेमिकाका बारेमा वरुणले भने, ‘म नताशासँग डेट गरिरहेको छु । हामीहरू जोडी हौं । म उसैसँग बिहेको योजना बनाइरहेको छु ।’
वरुण र नताशा कहिले लन्च अनि कहिले डिनर डेटमा देखिन्छन् । सोनम कपूर र आनन्द आहुजाको बिहेमा पनि दुवैजना सँगै पुगेका थिए । हालै वरुणले नताशालाई विदेश घुमाउन पनि लगेका थिए । दुवैजना सामाजिक सञ्जालमा
एकअर्काको तस्वीर शेयर गरिरहेका भेटिन्छन् ।
वरुण अहिले कलंक फिल्मको शूटिङमा व्यस्त छन् । उनीसँग आलिया भट्ट, सञ्जय दत्त र माधुरी दीक्षित पनि देखिनेछन् ।
एजेन्सी