०६ असार २०८३, शनिबार

अमेरिकाको क्यालिफोर्नियामा डढेलो लाग्दा हलिउड सेलेब्रिटीका घर पनि जले

कात्तिक २६, २०७५
अमेरिकाको क्यालिफोर्नियामा डढेलो लाग्दा हलिउड सेलेब्रिटीका घर पनि जले

काठमाडौं — अमेरिकाको क्यालिफोर्नियामा तीव्र गतिमा दन्किएको डढेलोका कारण त्यहाँ बस्ने अनेकौं सेलेब्रिटीका घरहरू डढेका छन् । 

दक्षिण भागमा वूल्सी डढेलोले मालिबु लगायतका विलासी रिजोर्टहरूलाई पनि ध्वस्त बनाएको छ । त्यहाँ माइली साइरस, रोबिन थिके र काइट्लीन जेन्नर जस्ता सेलेब्रिटी बस्छन् । 

उत्तरी र दक्षिणी क्यालिफोर्नियामा डढेलो अझै दन्किएको छ । जेरार्ड बटलर र लेडी गागा जस्ता सेलेब्रिटीको घर पनि डढेलोको चपेटामा परेको छ । 

किम कार्दाशियानले पनि डढेलोका कारण घरबाट भाग्नुपरेको बताइन् । 

डढेलोका कारण कम्तीमा ३१ जनाको मृत्यु भइसकेको छ भने हजारौं घर ध्वस्त भएका छन् । 

दुई दिनभित्र दुई लाख ५० हजारभन्दा बढी मानिस डढेलो लागेको क्षेत्रबाट भागेका छन् । मालिबु शहरका सबै निवासी नै पलायन हुनुपरेको छ । त्यहाँ हलिउडका ठूलठूला सेलेब्रिटीहरू बस्ने गर्छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्