०५ असार २०८३, शुक्रबार

विश्व तेल बजारलाई सन्तुलनमा ल्याउन साउदीको यस्तो सुझाव

कात्तिक २६, २०७५
विश्व तेल बजारलाई सन्तुलनमा ल्याउन साउदीको यस्तो सुझाव

आबु धावी–विश्व तेल बजारलाई सन्तुलनमा ल्याउन प्रतिदिन दश लाख ब्यारेल तेल निर्यातलाई घटाउन साउदी अरबका उर्जा मन्त्री खालिद अल–फालिहले सोमबार सुझाब दिएका छन् । 

रियादले आगामी डिसेम्बरबाट लागु हुनेगरी प्रतिदिन पाँच लाख ब्यारेल तेल निर्यातमा कमी गर्ने योजना सार्वजनिक गरेको ठीक एक दिन पछि यहाँका विभागीय मन्त्रीको उक्त राय आएको हो । 

“हामीले आइतबार गरेको प्राबिधिक समीक्षाबाट विश्व बजारलाई नियन्त्रण तथा सन्तुलन गर्न प्रतिदिन झण्डै दश लाख ब्यारेल तेलको निर्यातमा कटौति गर्नुपर्ने आवश्यकता रहेको निष्कर्षमा पुगेका छौँ, ” फालिहले आबुधावीस्थित उर्जा सम्मेलनमा बताए । 

अक्टोबरको उत्पादन अवस्थालाई हेरेर प्रस्तावित कटौति गरिनुपर्ने निष्कर्ष निकालिएको हो । 

तेलको मूल्यले गत महिनाको तुलनामा पाँच गुना बढी माग देखिएको साउदीको भनाई छ । 
अमेरिकाले इरानी कच्चा तेल तथा अन्य सामान निर्यातमा प्रतिबन्ध लगाएपछि गत महिनामा भएको अत्यधिक आपूर्तिले अपेक्षा गरिएभन्दा कमै प्रभाब पर्ने देखिएको साउदी अरबको बुझाई छ । 


साउदी अरबसमेत सदस्य रहेको तेल आपूर्ति गर्ने विभिन्न १४ राष्ट्रहरूको संगठन (ओपेक) सदस्य राष्ट्रमध्ये साउदी अरबले मात्र विश्वको एक तिहाइ कच्चा तेल बजारमा आपूर्ति गर्दै आएको छ । 
विश्व बजारमा तेलको आपूर्तिलाई कटौति गर्ने औपचारिक निर्णय भने ओपेक सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठक र ओपेकमा सम्लग्न नरहेका तर तेल उत्पादनमा हिस्सा राख्ने मुलुकहरूको भियनामा डिसेम्बरको शुरूमा हुने बैठकबाट हुने पनि फालिहले बताए । 

salt training

कमेन्ट गर्नुहोस्