
काठमाडौं — अमेरिकाको न्युजर्सीमा बस्ने रोबर्ट स्टिवार्टले २४ घन्टाभित्र तीनवटा लटरी जितेका छन् । उनले पुरस्कारका रूपमा लगभग ६० करोड रुपैयाँ जितेका छन् ।
उनले अगस्ट २ मा लटरी जितेको भएपनि यसको खुलासा भर्खरै भयो ।
रोबर्ट नामक ती व्यक्तिले स्क्य्राच लटरी गेममा ५० लाख डलरको ज्याकपट लगाएका थिए । अर्कोपालि उनले ५०० डलर र तेस्रोपटक १०० डलर जिते ।
यति ठूलो रकम जितेपछि रोबर्टले न्युजर्सी लटरीलाई आफ्नो नाम सार्वजनिक नगर्न भने । तर लटरी कम्पनीले अहिले आएर उनका्े नाम सार्वजनिक गरेको छ ।
रोबर्टले जितेको रकम परिवार र निकटवर्तीहरूलाई सहयोग गर्न खर्च गर्ने बताए । ज्याकपट जित्नुअघि पनि रोबर्टले यसै वर्ष २५ सय डलर लटरी जितिसकेका छन् ।
एजेन्सी