३१ जेठ २०८३, आइतबार

खसोग्गी हत्या प्रकरण : फ्रान्सका विदेशमन्त्री एभेसको आरोप स्वीकार्य छैन- टर्की

कात्तिक २७, २०७५
खसोग्गी हत्या प्रकरण : फ्रान्सका विदेशमन्त्री एभेसको आरोप स्वीकार्य छैन- टर्की

इस्तानबुल-पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणमा आफ्ना राष्ट्रपति रेसेप तैयप एर्दोआनले ‘राजनीतिक खेल’ खेलेको भनी फ्रान्सका विदेशमन्त्री जाँ एभेस ले ड्रियनले लगाएको आरोप स्वीकार्य नहुने टर्कीले सोमबार जनाएको छ । 

“हामीले साउदी अरबका नागरिक तथा अमेरिकी समाचार संस्था ‘वासिङ्टन पोष्ट’ का स्तम्भकार खसोग्गीको हत्या प्रकरणमा टर्कीका राष्ट्रपतिले ‘राजनीतिक नाटक मञ्चन’ गरेको भनी विदेशमन्त्री एभेसले लगाएको आरोप आफुहरूलाई कदापि स्वीकार्य हुने छैन,” टर्कीको राष्ट्रपती कार्यालयका सूचना निर्देशक फारेटिन अल्तुनले एएफपीसँग बताउनुभयो । 

“यो कुरा नविसौँ कि यदि टर्कीले उक्त मुद्दालाई बाहिर ल्याउन नसघाएको भए खसोग्गीको हत्या प्रकरण उहिल्यै ढाकछोप गरिने थियो । यो विदेशी पत्रकारको न्यायका लागि टर्कीले देखाएको ऐक्यवद्धता हो ।”  खसोग्गीको हत्या प्रकरणमा राष्ट्रपति एर्दोआनलाई जोडिनु निन्दनीय भएको जनाउँदै यस बिषयमा फ्रान्ससँग कुटनीतिक मर्यादा अनुसार जवाफ माग्ने टर्कीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्