×

NMB BANK
NIC ASIA

जमराको जुस खाइरहेका भन्छन्–फाइदा भयो, चिकित्सकको सुझाव–औषधिको रुपमा प्रयोग नगर्नुस् !

मंसिर २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् ।
बिहान ५ बजे उठ्छिन् । जमरा काटेर जुस खान आउने ग्राहक कुर्छिन् ।

Muktinath Bank

जमराको जुस बनाएर बिक्री गर्न उनले आयुर्वेद डाक्टरसँग नवजीवन फर्मबाट तालिम लिएको बताइन् । ‘आयुर्वेद डाक्टरको सल्लाह अनुसार नै कुन बिरामीलाई कति खुवाउने हो, त्यही मात्रामा नै खुवाउने गरिन्छ,’ उनले भनिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दैनिक १४ जना ग्राहक नियमित जुस पिउन आउँछन् । हरेक दिन उनले १४ जनालाई ३० मिलिलिटर जुस दिने गरेकी छन् । ग्राहकले ३० मिलिलिटरको १ सय रुपैयाँ छिर्नुपर्छ । अरु ठाउँमा ३० रुपैयाँमा पाइन्छ भन्ने प्रश्न उनले भनिन्, ‘हाम्रो अलि महंगो छ । किनकि हामीले छिटो हुर्काउनको लागि विषादी, युरिया हाल्ने गरेका छैनौं, शुद्ध प्राकृतिक हो ।’


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

महिनामा ४२ हजारको जमराको जुस बेच्ने गरेको उनले बताइन् । जमरा जुसले क्यान्सर, प्रेसर, युरिक एसिड लगायतका रोग निको हुने र अरु रोग पनि लाग्न नदिने उनको भनाई छ ।

दैनिक जमराको जुस खान आउनेमध्ये हुन् जुनु नगरकोटी । ‘खुट्टाको रोगले गर्दा दैनिक जमराको जुस खाँदा निको हुन्छ, अनि अरु रोग पनि लाग्दैन रे भन्ने सुनेकाले जुस खान आउने गरेकी छु,’ उनले भनिन्, ‘विगत २ महिनादेखि जमराको जुस खाँदै आएकी छुँ ।’

दैनिक जुस खान आउने नाम खुलाउन नचाहने ४५ वर्षीय एक पुरुषले ५ महिनादेखि जमराको जुस खाँदै आएको बताए । उनी भन्छन्, ‘मलाई सुगर छ, इन्सुलेन लगाउँछु, त्यसैले जुस खाँदै आएको छु । पहिलेभन्दा अलि फरक परेको छ ।’

मनाङ–मुस्ताङको बीउ

गुरुङले जुस बनाउने जौको बीउ मनाङ, मुस्ताङबाट ल्याउने गरेकी छन् । १ किलोग्राम जौको बीउको ४ सय रुपैयाँ पर्छ । माटो परीक्षण गरेर मात्र जमरा उमार्ने गरेको उनले बताइन् ।

‘जमरा उमार्न माटोलाई पनि प्रतिकिलोग्राम ३ सय रुपैयाँ पर्छ । एक पटक किनेको माटो ६ महिनासम्म काम लाग्छ,’ उनले भनिन्, ‘माटो परीक्षण गरिकन हामीले बीउ रोप्ने हो, सबै शुद्ध माटो हुनुपर्छ । यो औषधि हो, हेलचक्र्याइँ पनि गर्नुभएन नि !’

कस्तो सामान प्रयोग हुन्छ जमरामा ?

मनाङ–मुस्ताङबाट प्रतिकिलोग्राम ४ सय रुपैयाँमा गहुँ जौंको बीउ आउने गर्छ । अन्य ठाउँबाट पनि प्रतिकिलोग्राम १ सय रुपैयाँ र २ सय रुपैयाँमा आउने गर्छ ।

राम्रोसँग जैविक (अर्गानिक) तरिकाले उत्पादन गर्ने उद्यमीले मनाङको बीउ र प्रयोगशालामा परीक्षण गरिएको माटो प्रयोग गर्छन् । तर उपभोक्ताको स्वास्थ्यलाई बेवास्ता गर्दै आर्थिक लाभलाई मात्रै ध्यान दिने उद्यमीले सस्तो सामान प्रयोग गर्छन् ।

परीक्षण गरिएको माटो प्रतिकिलो ३ सय रुपैयाँ पर्छ । तर प्रायः उद्यमीले जस्तोसुकै माटो भएपनि प्रयोग गर्ने गरेका छन् ।

कसरी उमार्ने जमरा ?

उद्यमी गुरुङले जमरा उमार्ने तरिका बताइन् । माटोलाई शुद्धरुपमा छान्ने, माटो परीक्षण गरेको सबैभन्दा राम्रो मानिन्छ । माटोलाई हल्का भिजाउने र हल्का घाममा सुकाउने । बीउलाई हल्का भिजाइसेकपछि माटोमा राख्ने, माटोमा राखिसकेपछि एक पटक मात्र पानीको प्रयोग गर्ने ।

जमरालाई घामपानी र हावाको मिश्रणमा मिलाउने । जमरा उम्रेपछि जमरा हल्का पानीका थोपा आउने गर्छन् । यस्तो भएमा जमरा सबैभन्दा उत्कृष्ट भएको मानिन्छ । जमरा ८ दिनदेखि १२ दिनसम्म खानको लागि तयार हुन्छ । जुस पेल्नुभन्दा अगाडि जमरालाई १० देखि १५ पटकसम्म सफा पानीले धोइसकेपछि मात्र पेलेर खानुपर्छ ।

के–के हुन्छ जमराको जुसमा ?

जमराको जुसमा भिटामिन र मिनरलको प्रशस्त मात्रा हुने गरेको छ । प्रोटिनको आधारभूत तत्व ‘एमिनो एसिड’ भएकाले जमरामा १८ प्रकारका एमिनो एसिड पाइने गरेको छ । १६ प्रकारका भिटामिन, १७ प्रकारका मिनरल्स पाइन्छ ।

शरीरमा भएका अनावश्यक रसायन हटाउन जमराको जुस प्रभावकारी रहेको वैज्ञानिक, फर्मालोजिस्ट डा. ओसिहिदे हागिवाराको अनुसन्धानबाट देखिएको छ । मानिसलगायत अन्य जीवको प्रजनन् प्रणालीको विकासमा पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको अनुसन्धानमा उल्लेख छ ।

के छ हागिवाराकोे रिपोर्टमा ?

जमरा जुसले पाचन प्रक्रियामा मद्दत गर्छ । शरीरमा क्षार र अम्लको अनुपातमा सन्तुलन ल्याउँछ ।

शरीरमा उर्जा बढाउनुका साथै क्यान्सरविरुद्ध लड्न जमराले मद्दत गर्दछ । शरीरबाट विषालु तत्व हटाउँछ । बुढ्यौलीपन घटाउँछ ।

बिग्रिएका कोषिका मर्मत गर्छ । छाला रोगको उपचार गर्न मद्दत गर्छ । नयाँ कोषिकाको वृद्धि र कोलेस्ट्रोल घटाउँछ । रक्तचाप घटाउँछ ।

जुसले मुटुरोगको जोखिम समेत घटाउने उनको अनुसन्धानले बताएको छ ।

डाक्टरको सुझाव– रोग लागेकाले नखानुस्

बजारमा जुस विकाउन गरिने विज्ञापनहरुमा उल्लेख गरिएजस्तो जमराको जुसले औषधिको काम गर्ने वैज्ञानिक आधार नभएको चिकित्सकहरु बताउँछन् ।

मेडिकल शिक्षामा जमराको जुसको प्रयोगको विषयमा कतै उल्लेख नभएकाले औषधिको काम गर्छ भन्नेमा विश्वास नभएको वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. अनिल कुमार मिश्रले बताए ।

उनले लोकान्तरसँग भने, ‘आधुनिक चिकित्सा प्रणालीमा कतै उल्लेख गरिएको छैन, जमराको जुसले औषधिको काम गर्छ भनेर, त्यसैले त्यसको परिभाष,प्रयोग असरको बारेमा वैज्ञानिक आधार नै नभएको जुसको प्रयोग गर्न हुँदैन भन्ने लाग्छ ।’

उनले औषधिको रुपमा प्रयोग गरिने कुराको वैज्ञानिक आधार हुनुपर्ने बताए ।

त्यस्तै बरिष्ठ कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीले स्वस्थ्य मानिसले जमाराको जुख खाँदा केही फरक नपर्ने भएपनि रोग लागिसकेकाले नखादा उपयुक्त हुने सुझाव दिन्छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा डा. जोसीले जमाराका जुसबारे उल्लेख गरेका छन् । उनका अनुसार कलेजोका रोगीका लागि जमराको जुष विष सरहनै भएको उनको भनाइ छ ।

‘जमराको जुसमा केही भिटामिन र मिनरल हुन५ जसले स्वस्थ्य मद्घत गर्ला तर यसले रोगलाई निको पार्ने कुरा ठीक होइन । कलेजोको रोग भएका ब्यक्तिका लागि त यो प्राणघातक पनि हुन सक्५’ डा केसीले भने ।

जमाराको जस खाएका २०–२५ जना बिरामी अस्पतालमा आएको उनको भनाइ छ । हल्लाको पछाडि लाग्नु भन्दा पनि वैज्ञानिक कारण खोजी गर्न उनले आग्रह गरे ।

‘जमराको जुस खाँदै नखानुस् भन्दिन तर रोग लागेपछि नखाँदा राम्रो हुन्छ’ डा. केसीले भने ।

जमरामा पाइने क्लोरोफिल अन्य झारपातमा पनि हुने डा. केसीले बताए । ‘जमराको जुसमा भएको क्लोरोफिलले शरीरलाई राम्रो गर्छ भने बाटो भरी पाईने झारपातमा क्लोरोफिल हुन्छ, त्यही कर्याम कर्याम चपाएर रोग मुक्त भए भैहाल्यो नि १’ डा. केसीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ७, २०७९

लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो । एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको सा...

असार ५, २०७८

कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...

भदौ २७, २०८०

सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...

असार ४, २०७८

काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...

माघ ४, २०७४

  काठमाडौं ४ - माघ तीनकुनेमा रहेको करिब ५० रोपनी खाली जग्गामा आधुनिक पार्कसहित विश्वको ठूलो मुर्ति बनाउने योजना महानगरले ल्याएपछि राजधानीबासी उत्साही भएका थिए । तर उक्त योजना अनुसार काम अघि बढेक...

जेठ १२, २०७७

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतर्फबाट ‘प्रमाण जुटाउने युद्ध’ छेडिएको छ । नेपालका तर्फबाट कतिपय प्रमाणहरू मिडियामा छताछुल्ल भएपछि भारतले त्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x