१५ असार २०८३, सोमबार

नेपालमै पहिलो पटक क्यासलेस ईन्श्योरेन्स : सिप्रदी र शिखरबीच सम्झौता

नेपालमै पहिलो पटक क्यासलेस ईन्श्योरेन्स : सिप्रदी र शिखरबीच सम्झौता

काठमाडौं – नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र शिखर ईन्श्योरेन्स कम्पनीबीच क्यासलेस ईन्श्योरेन्समा सम्झौता भएको छ ।

शिखर ईन्श्योरेन्सको प्रधान कार्यालय शिखर विजमा भएको कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखर ईन्श्योरेन्सको तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । 

नेपालमै पहिलो पटक सञ्चालनमा ल्याउन लागेको योजना अन्तर्गत टाटा कम्पनीका जुनसुकै मोडलका गाडी दुर्घटना भएको अवस्थामा ग्राहकले सिधै सिप्रदी ट्रेडिङ प्रालिको आफूलाई पायक पर्ने नेपालभरको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्ने छन् । 

ग्राहकलाई सुलभ, छिटो र झन्झटरहित सेवा दिन यस व्यवस्थाले सहयोग पुर्याउने दुवै कम्पनीको दावी छ । यसबाटै आउने दिनहरूमा अन्य बीमा कम्पनीसँग पनि सहकार्य गर्दै धेरैभन्दा धेरै ग्राहकलाई सेवा दिने सिप्रदीको योजना छ । 

कार्यक्रममा आ–आफ्नो व्यापार व्यवसायबारे प्रोग्रेसिभ ईन्श्योरेन्सजस्ता विभिन्न नयाँ प्रवृत्ति र प्रयोगको छलफल भयो । साथै यस्तै तरिकाले आगामी दिनमा निजी कम्पनी मिलेर काम गर्दा विभिन्न फाइदा हुने कुराकानी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्