०१ असार २०८३, सोमबार

बस दुर्घटनामा १२ जनाको मृत्यु, १३ घाइते

बस दुर्घटनामा १२ जनाको मृत्यु, १३ घाइते
सन्दर्भ तस्वीर

नयाँ दिल्ली- भारतको उत्तराखण्डमा आइतबार एउटा यात्रुबहाक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ । 

उक्त घटनामा बसमा यात्रारत अन्य १३ जना घाइते भएका बताइएको छ । घाइतमध्ये केहीलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ भने गम्भीर चोट लागेका केही जनालाई उपचारका लागि देहरादुन पठाइएको भारतीय अधिकारीले बताएका छन् ।

उत्तराखण्डको प्रान्तीय राजधानीबाट १०० किलोमिटर टाढा उत्तरकाँशी जिल्लाको ग्रामिण क्षेत्रमा दुर्घटना भएको बताइएको छ । जिल्लाको भित्री क्षेत्रमा चल्ने उक्त गाडी सार्बजनिक बस सडकबाट करिब १५० मिटर खोल्सामा खसेको थियो ।स्थानीय र प्रहरीको सहयोगमा दुर्घटनामा घाइते बनेका यात्रु र मृत शरीरलाई घटना भएको केही समयभित्र उद्धार गरिएको प्रहरीले जनाएको छ । 

भारतमा सडक दुर्घटनाका कारण प्रति दिन औषत ४०० जनाको ज्यान जाने गरेको भारतीय अधिकारीहरूले बताए । दुर्घटनाको कारण कमजोर सडक संरचना, चालकको लापर्बाही, पूराना सवारी साधन र तीत्र्र गति नै हुने गरेको अधिकारीहरूको भनाइ रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्