
काठमाडौं, १९ फागुन– राप्रपा अध्यक्ष कमल थापाले आन्दोलनरत मधेश केन्द्रीत दललाई बाइपास गरेर चुनावमा जान नहुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठकपछि बिहीवार पत्रकारहरुसँग कुरागर्दै अध्यक्ष थापाले वाइपास गरेर चुनाव गर्दा त्यसले गलत सन्देश जानने बताएका हुन् ।
‘निर्वाचनको स्वागत भइसकेको छ, आन्दोलनरत मधेश केन्द्रीत दलका माग सम्बोधन गरेर चुनावमा जानु पर्छ’ अध्यक्ष थापाले भने, ‘प्राविधिक रुपमा चुनाव गर्न सकिन्छ । वाइपास गरेर चुनाव गर्दा त्यसले गलत सन्देश दिन्छ ।’
अध्यक्ष थापाले मधेश केन्द्रीत दलले पनि मेरै गोरुको बाह्रै टक्का भन्न छाडनु पर्ने र कागेस, एमाले र माओवादीले लचकता प्रदर्शन गरेर साझ विन्दु पैल्याउनु पर्ने बताए ।