
राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज बेल्जियमको प्रथम अधिवेशन ब्रसेल्समा सम्पन्न भएको छ ।
अधिवेशनले दिपेन्द्र केसीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । अधिवेशनमा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा, राप्रपा केन्द्रीय सदस्य लालध्वज लामा लगायतको उपस्थिति रहेको थियो । सम्पन्न अधिवेशनले देहायको कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष पदमा दीपेन्द्र केसी, उपाध्यक्षत्रयमा महेन्द्र पन्त, मदन सिंह तिमिल्सिना, मदन गुुरुङ्ग, महासचिवमा सन्तोष सिंह, सचिवद्वयमा संजीव लामा र अनिल थापा, कोषाध्यक्षमा विवेक उपाध्याय, सदस्यहरुमा सचिन केसी, दिपक मल्ल, ज्ञानेन्द्र बिक्रम ठकुुरी, डम्बर लिम्बुु, मोहित बस्नेत, सुुरेन्द्र खडका रहेका राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
समाजको सल्लाहकारहरुमा सुुरेन्द्रमान अमात्य, रामचन्द्र पाठक, दिनेश मल्ल, चण्डिका उपाध्याय, रिम रेग्मी रहेका छन् ।
प्रवासमा राप्रपाको संगठन विस्तार र पार्टीको नीति, विचार र सिद्धान्तको प्रवद्र्धन गर्न, नेपाललाई हिन्दु राष्ट्र कायम गर्न अन्तर्राष्ट्रिय जनमत बनाउन आफूहरू निरन्तर क्रियाशील रहने नवनिर्वाचित अध्यक्ष दीपेन्द्र केसीले बताएका छन् ।