
काठमाडौं– डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् । छातीमा दुखाइ सहन नसकेर केसी सोमबार बिहान शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् ।
चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमका प्रा.डा. कसी २४ घण्टा चिकित्सकको निगरानीमा रहनेछन् । बरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण सायमी केसीको उपचारमा संग्लन छन् ।
डा. केसीलाई अस्पतालको २१५ नम्बर क्याबिनमा भर्ना गरिएको छ । सोही क्याबिनमा केही समयअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्ना भई उपचार गराउनु भएको थियो ।, नयाँ पत्रिकामा खबर छ ।