काठमाडौं, १९ फागुन — सबै आमाबुवाले आफ्नो सन्तानको बौद्धिक र शारीरिक विकास राम्ररी होस् भन्ने चाहन्छन् । यसका लागि उनीहरू हरसम्भव प्रयास गर्छन् ।

तर कुनै कुनै बच्चाको शरीरको विकास राम्ररी हुन पाउँदैन । यहाँ हामी यस्तै एक बच्चीको बारेमा बताउँदैछौं ।
हुन त तस्वीरमा देखिएकी केटी जम्मा तीन वर्षकी भइन् तर खासमा यिनी २४ वर्षकी भइन् ।
इन्डोनेसियामा बस्ने रेजिया अरियन्ति नामक यी महिलालाई अज्ञात रोगका कारण शारीरिक विकास हुन नपाएर यिनी जम्मा तीन वर्षको जस्तो देखिन्छिन् ।
एजेन्सीको सहयोगमा