
दीपिका पादुकोण र रणवीर सिंह मंगलबार फेरि एकपटक मुम्बइ एयरपोर्टमा मिडियाको नजरमा परे ।
इटालीमा विवाहपश्चात भारत फर्किएको यो जोडी रिसेप्सनका लागि बेंगलुरु प्रस्थान गर्नेक्रममा एयरपोर्ट पुगेको हो । बुधवार बेंगलुरुमा रिसेप्सन पार्टी हुनेछ ।
एयरपोर्टमा दुवै परम्परागत पहिरनमा देखिएका थिए । दीपिकाले मंगलसूत्र पहिरिएकी थिइन् । उनीहरू आजैदेखि बेंगलुरुमा रिसेप्सनको तयारीमा जुट्ने छन् ।
उक्त रिसेप्सनमा यो जोडी पहिलोपटक औपचारिक रूपमा सार्वजनिक हुनेछ ।
स्मरण रहोस्, बलिउडका यी दुई चर्चित स्टारबीच गत साता इटालीमा विवाह भएको थियो ।
बेंगलुरु दीपिकाको गृहनगर हो । उनले आफ्ना नजिकका साथी र माइती पक्षका लागि त्यहाँ पहिलो रिसेप्सन पार्टी दिन लागेकी हुन् ।
बेंगलुरुपछि अर्को रिसेप्सन मुम्बइमा २८ नोभेम्बरका दिन हुनेछ ।