०६ असार २०८३, शनिबार

अध्यक्ष गोसनको पक्राउपछि निशान र मिटसुबिसी कम्पनीको सेयरमा झड्का

अध्यक्ष गोसनको पक्राउपछि निशान र मिटसुबिसी कम्पनीको सेयरमा झड्का


टोकियो– जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ । 

गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको अरोपमा पक्राउ गरिएको हो । 

अध्यक्षको पक्राउपछि दुबै कार निर्माण कम्पनीले गोसनलाई हटाउने प्रस्ताब गर्ने बताएका छन् भने रेनल्टले यस बिषयमा चर्चा गर्न मङ्गलबार बैठक बोलाएको जनाएको छ । 

कम्पनीका चर्चित प्रशासकको पक्राउले कार कम्पनी र समग्र उद्योग क्षेत्रमा सनसनी मच्चाएको छ । जापानी अधिकारीले विश्व विख्यात जापानी कार कम्पनीलाईका प्रमुखलाई पक्राउ गरेपछि पनि निशान, मिटसुबिसी र रेनल्ट कम्पनीको स्थायित्वका लागि काम भइरहेको सन्देशसहितका आश्वासनहरू दिइरहेका छन् । 

चौसठ्ठी बर्षीय गोसनको पक्राउले घाटामा गइरहेका कम्पनीहरूलाई सुधारतिर लानसक्ने क्षमता भएका एक कुशल ब्यवस्थापकको छविमा ठूलो आघात पु¥याएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्