२५ जेठ २०८३, सोमबार

गत वर्षको तुलनामा यस वर्ष बढी चिसो, केही दिनमा जाडो ह्वात्तै बढ्न सक्ने

गत वर्षको तुलनामा यस वर्ष बढी चिसो, केही दिनमा जाडो ह्वात्तै बढ्न सक्ने

काठमाडौं –काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । वायुमण्डलको प्रभावले काठमाडौं उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । ‘सिजनल इफेक्ट(मौसमी प्रभाव)ले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो । तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ”, उहाँले भन्नुभयो । 

मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने छ । पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ ।

अहिले पानी पर्ने कुनै सम्भावना नरहेको नगरकोटीले जानकारी दिनुभयो । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम शुरु हुन्छ । केही दिनदेखि दिउँसोको तापक्रमसमेत २ देखि ३ डिग्री सेल्सियसका दरले घटिरहेको छ ।

यस्तो अवस्थामा सुधार नआए केही दिनमै ह्वात्तै जाडो बढ्न सक्ने बताइएको छ । तापक्रम क्रमशः घट्दो क्रममा छ । 

salt training

कमेन्ट गर्नुहोस्