२३ जेठ २०८३, शनिबार

२२ दिन थुनामा बसेर छुटिन् सर्वोच्चका न्यायाधीशकी श्रीमती, सहमतिमा ‘किर्ते’ गरेको बयान

२२ दिन थुनामा बसेर छुटिन् सर्वोच्चका न्यायाधीशकी श्रीमती, सहमतिमा ‘किर्ते’ गरेको बयान

उदयपुर– नक्कली छोरा बनाएर जन्मदर्ता गरेको अभियोगमा २२ दिन थुनामा परेकी सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी थुनामुक्त भएकी छन् । 

ललिताकुमारीका ससुरा बलबहादुर राउतले दिएको उजुरीका आधारमा प्रहरीले उनीसहित उनका दाजु र भाउजुलाई १४ कात्तिकमा पक्राउ गरेको थियो । 

मुद्दाको प्रारम्भिक सुनुवाईका क्रममा जिल्ला अदालत उदयपुरले तीनै जनालाई थुनामा राखेर अनुसन्धान आदेश दिएको थियो । मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका उनीहरु जिल्ला अदालतकै आदेशानुसार बुधवार रिहा भएका हुन् । 

प्रहरीले उनीविरुद्ध सरकारी कागजात किर्तेको अभियोगमा मुद्दा चलाएको थियो । न्यायाधीश तीर्थराज केसीको इजलाशले कागजात किर्तेको मुद्दामा प्रतिवादी पक्षले प्रमाण नष्ट गर्ने संभावना नरेकाले ललिताकुमारीलाई रिहा गर्न आदेश दिएको हो । 

‘निजहरूलाई हिरासत नराखी अड्डाले खोजेको बखत उपस्थति गराउने शर्तमा मुद्दाको अनुसन्धान गर्न कुनै वाधा नदेखिने हुँदा थप अवधि हिरासतमा नराखी अनुसन्धान गर्नुहोला,’ न्यायाधीश केसीको इजलाशले जारी गरेको आदेशमा भनिएको छ । 

१४ वर्ष अगाडि (२०६१ सालमा) विवाह गरेको प्रकाशमान र ललिताका सन्तान छैनन् । ललिताले श्रीमान् (न्यायाधीश प्रकाशमान सिंह राउत)कै सहमतिमा दाजु–भाउजुको सन्तानलाई आफ्नो बनाएर जन्मदर्ता गराएको प्रहरीमा बयान दिएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्