०९ असार २०८३, मंगलबार

देउवाको आरोप : कम्युनिष्टले न्यायपालिकाको अस्तित्व समाप्त पार्न खोज्यो

देउवाको आरोप : कम्युनिष्टले न्यायपालिकाको अस्तित्व समाप्त पार्न खोज्यो

काठमाडौँ– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार स्वतन्त्र न्यापालिकाको अस्तित्व समाप्त पार्न लागिपरेको आरोप लगाएका छन् । 
 
    नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनको २९औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप रोक्ने स्वतन्त्र न्यायपालिकालाई सरकारको दबाबमा राख्न खोजिएको बताए । 
 
    नेपाल बार एशोसियसनको आगामी नेतृत्व लोकतन्त्र र स्वतन्त्र न्यायपालिकालाई सुरक्षित गर्न सक्ने निर्वाचित हुनुपर्नेमा उनको जोड थियो । 
 
    कार्यक्रममा काङ्ग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कम्युनिष्ट पार्टीको समाजवाद र काङ्ग्रेसको समाजवादका बारेमा बहस गर्नुपर्ने समय आएको बताइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्