
काठमाडौं– आजको गोरखापत्र दैनिकमा १९७० साल भदौ ३ गते सोमबार छापिएको समाचारको स्मरण गरिएको छ । प्रार्थना शिर्षकको समाचारमा भनिएको छ– हिन्दुस्थानका देशी राजाहरुका तर्फबाट भारत–गवर्नमेण्टका सेवामा एक प्रार्थनापत्र जानेभयाकोछ. जुन प्रार्थनापत्रमा ‘‘अबदेखी भारतसर्कारले भनी ज्मिदार र व्यापारीहरुलाई राजा–महाराजाको पदवी नदिनेगरे असलहुनेथियो’’ भन्ने लेखिनेछ. प्रार्थना उचितहो भनि बैंकटेश्वर लेखतछ.