
काठमाडौं — इन्टरपोलले दक्षिण कोरियाका किम जोङ–योङलाई नयाँ अध्यक्ष छानेको छ । अमेरिकाको समर्थनमा किम इन्टरपोल अध्यक्ष बनेका हुन् । यसअघि उनी कार्यवाहक अध्यक्ष थिए ।
दुबईमा इन्टरपोलका सदस्य देशहरूको बैठकमा किमलाई नयाँ अध्यक्ष छानियो ।
सेप्टेम्बरमा चीनमा बेपत्ता भएका मेङ होङवेईको ठाउँ किमले लिएका हुन् ।
किमले मेङको सन् २०२० सम्मको कार्यकाल पूरा गर्नेछन् ।
अमेरिकी परराष्ट्रमन्त्री माइक पम्पिओले भने, ‘इन्टरपोलका सबै सदस्य देश र संगठनलाई हामी प्रोत्साहित गर्छौं । कानूनको सम्मान गर्ने व्यक्ति नै अध्यक्ष हुन सुहाउँछ र किमले आफूलाई त्यही साबित गरेका छन् ।’
यसअघिका अध्यक्ष मेङ सेप्टेम्बरमा चीन पुगेपछि बेपत्ता भएका थिए । कम्युनिस्ट पार्टीका निकटवर्ती मेङलाई भ्रष्टाचार मुद्दामा हिरासतमा लिइएको छ ।
एजेन्सी