२६ जेठ २०८३, मंगलबार

फ्लाइट क्यान्सल भएपछि यी व्यक्तिले मच्चाए बबाल

फ्लाइट क्यान्सल भएपछि यी व्यक्तिले मच्चाए बबाल

काठमाडौं — पाकिस्तानको एक विमानस्थलमा एक व्यक्तिले खतरनाक काम गरेर तर्साइदिएका छन् । 

इस्लामाबाद विमानस्थलमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको फ्लाइट पीके ६०७ बिहान ७ बजे उड्नुपर्ने थियो । तर प्राविधिक खराबीका कारण यात्रीहरूलाई विमानस्थलमा कुराइयो । अनि पछि गएर चाहिँ खराब मौसमको कुरा
उठाउँदै उडान रद्द गरियो । 

त्यो सुनेपछि एक व्यक्तिले नियन्त्रण गुमाउन पुगे र बेस्सरी हंगामा मच्चाए । उनले रिसको सुरमा आफ्नो झोलामा रहेको कपडा निकाले र डढाए । घटनाको भिडियो पनि बनेको छर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

अर्का व्यक्तिले आगो निभाउनका लागि फायर एक्सटिंग्विशर ल्याएपनि रिसाएका यात्रीले आगो निभाउन दिएनन् । 

नागरिक उड्डयन प्राधिकरणले आगो निभाउनका लागि दमकलकर्मी बोलाएको थियो ।

प्रहरीले यात्रुलाई निकै सम्झाउने कोशिश गरेको भएपनि उनी शान्त भएनन् ।

एजेन्सी


 

salt training

कमेन्ट गर्नुहोस्