
काठमाडौं, २२ फागुन भारत गुजरातका गृहमन्त्री प्रदीप सिंह जडेजामाथि जुत्ता प्राहार भएको छ ।
गुजरात विधानसभा परिसरमा उनीमाथि जुत्ता प्रहार भएको हो । मन्त्रीमाथि जुत्ता प्रहार गर्ने व्यक्ति सरकारी कर्मचारी भएको बताइएको छ । गुजरातमा भएको रक्सीमाथिको प्रतिबन्ध र भ्रष्चार नियन्त्रण गर्न मन्त्री असफल भएको आक्रोशमा आक्रमण गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
गृहमन्त्री माथि जुत्ता प्रहार गर्ने सरकारी अधिकारी वगोपाल इटालिया राजश्व अधिकृत हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी मानसिक रुपमा कमजोर भएका कारण गृहमन्त्रीमाथि जुत्ता प्रहार भएको प्रहरीले जनाएको छ ।