०४ असार २०८३, बिहीबार

वैदेशिक रोजगार विभागमा उजुरीको ओइरो, यसरी ठगिन्छन् युवा

कात्तिक २०, २०७४
वैदेशिक रोजगार विभागमा उजुरीको ओइरो, यसरी ठगिन्छन् युवा
काठमाडौँ, २० फागुन वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार कम्पनी अनि विदेश पढ्न पठाउने भन्दै एजुकेसन कन्सल्टेन्सीका नाममा खोलिएका संस्थाबाट ठगिने गरेका छन् ।
आजको गोरखापत्रमा खबर छ- वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा एक हजार १८३ उजुरी परेका छन् ।
वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका कामदार दुर्गम गाउँबाट राजधानीमा आई महिनौँसम्म राजधानीको महँगीमा बसेर न्याय पाउन निकै खर्चिलो हुने भएकाले पनि कम उजुरी पर्ने गरेको विश्लेषण छ । न्यायका लागि केन्द्रमा आएर उजुरी दर्ता गर्न समस्या नभए पनि मुद्दा टुङ्गो लगाउन महिनौँसम्म राजधानीमा बस्दा एकातिर समयको बर्बाद अर्कातिर मुद्दा जितेर पाउने क्षर्तिपूर्तिभन्दा खर्च बढी हुने गरेको स्वयं भुक्तभोगी बताउँछन् ।
विभागमा दर्ता भएका उजुरीमध्ये तीन सयको मात्रै टुङ्गो लागेको छ । विभागका अनुसार माघ महिनासम्ममा ३३१ वटा उजुरीको टुङ्गो लगाइएको छ । यसमा व्यक्तितर्फ ७६ वटा र संस्थागततर्फ २५५ वटा उजुरीको टुङ्गो भइसकेको छ ।
विभागमा दर्ता भएका ५५४ वटा व्यक्तिगत उजुरीकर्ताले १७ करोड ७६ लाख ३१ हजार रुपियाँभन्दा बढीको दाबी गरेको १७ करोड आठ लाख रुपियाँभन्दा बढी बिगो रकम भराइसकेको छ । यसैगरी विभागमा दर्ता भएका ६२९ जना संस्थागत उजुरीकर्ताले २९ करोड १९ लाख ६४ हजार रुपियाँभन्दा बढीको दाबी गरेकोमा चार करोड ८६ लाख १८ हजार रुपियाँभन्दा बढी बिगो रकम भराइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्