०५ असार २०८३, शुक्रबार

एयर होस्टेस जिस्क्याउने भारतीयलाई तीन हप्ताको कारावास सजाय

एयर होस्टेस जिस्क्याउने भारतीयलाई तीन हप्ताको कारावास सजाय

काठमाडौं — अस्ट्रेलियामा बस्ने भारतीय मूलका एक व्यक्तिलाई एयर होस्टेस जिस्क्याएको आरोपमा तीन हप्ताको कारावास सजाय दिइएको छ ।

पराञ्जपे निरञ्जन जयन्तले २५ वर्षीया फ्लाइट अटेन्डेन्टलाई दुर्व्यवहार गरेको स्वीकारे । 

सिड्नीबाट सिंगापुरसम्मको आठ घन्टाको उडानका क्रममा जयन्तले एयर होस्टेसको फोन नम्बर माग्नका लागि अनेकौं प्रयास गरे तर उनले बेवास्ता गरिन् । 

द स्ट्रेट्स टाइम्सको खबर अनुसार, स्कूट एयरलाइन्सको विमानमा बिजनेस क्लासमा यात्रा गरिरहेका जयन्तले एयर होस्टेसको नितम्बमा हात घुमाए । 

एयर होस्टेस पर गएपछि पनि जयन्तले शौचालय गएर फर्किने क्रममा उनलाई तिमी निकै राम्री छ्यौ भने । अनि विमान अवतरण गर्नुभन्दा एक घन्टाअघि जयन्तले महिलासँग फेरि सम्पर्क गरे र जिस्क्याए । 

हैरान भएकी एयर होस्टेसले आफ्नो सुपरभाइजरलाई यसको जानकारी दिइन् । 

त्यसपछि सिंगापुरको चांगी विमानस्थलस्थित टर्मिनल २ मा रहेको प्रहरी चौकीमा उजुरी दर्ता गरियो । 

जयन्तले रक्सीको नशामा यो हर्कत हुन पुगेको स्वीकार्दै यसमा पश्चात्ताप लागेको बताए । आफूलाई कम सजाय दिन उनले अनुरोध गरे । 

विदेशी नागरिक र पहिलोपटक अपराध गरेको भएकाले उनलाई तीन हप्ताको कारावास सजाय मात्र दिइयो । नभए दुर्व्यवहारको अपराधमा उनलाई दुई वर्षको कारावास सजाय र जरिवाना वा लट्ठीले हिर्काएर दिइने सजाय सुनाइन
सक्थ्यो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्