
काठमाडौं — इजिप्टको सिनाई प्रान्तमा रहेको अरिश शहरमा सुरक्षाबलहरूको एक विशेष अभियानमा १२ जना उग्रवादी मारिएका छन् ।
अल मासरी अल युम पत्रिकामा बिहीवार छापिएको खबरअनुसार, सुरक्षाबलले अरिशवरपरको क्षेत्रमा विद्रोही समूह भएको सूचना पाएका थिए ।
सुरक्षाबलले उग्रवादीविरुद्ध कडा अभियान चलाए अनि भिडन्तमा सात उग्रवादी घटनास्थलमै मारिए । पाँच अन्य चाहिँ पक्राउको विरोध गर्ने क्रममा मारिए ।
सुरक्षाबलले उनीहरूबाट भारी मात्रामा हतियार, गोलाबारुद र विस्फोटक सामग्री बरामद गरेका छन् ।
इजिप्ट सरकार कैयौं वर्षदेखि सिनाई प्रायद्वीपमा आतंकवादी गतिविधि झेलिरहेको छ । यसै वर्षको फेब्रुअरी महिनादेखि इजिप्टका सैन्यबलले त्यस क्षेत्रमा इस्लामी उग्रवादीसँग लड्नका लागि सिनाई २०१८ अभियान चलाएका छन् ।
एजेन्सी