काठमाडौ, २० फागुन-सशस्त्रलगायतका सबैखाले राजनीतिक द्वन्द्वको अन्त्य गर्दै मुलुकले नेपालको संविधान पाए तापनि देशभर अपराधको संख्या भने तुलनात्मक रूपमा बढेको पाइएको छ ।
महान्यायाधिवक्ता कार्यालयका अनुसार संविधान जारी हुनु अघिल्लो वर्षको तुलनामा संविधान जारी भएपछि अपराधको संख्या बढेको हो । आर्थिक वर्ष २०७२/०७३ मा देशभर विभिन्न प्रकृतिका गरी ३० हजार ४ सय ७६ वटा अपराधका घटना भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १ हजार २८ वटाले बढी हो, राजधानी दैनिकमा खबर छ ।