१९ असार २०८३, शुक्रबार

भारतबाट ल्याएर पेस्तोल बेच्ने गिरोह प्रहरीद्वारा पक्राउ

भारतबाट ल्याएर पेस्तोल बेच्ने गिरोह प्रहरीद्वारा पक्राउ

विराटनगर – भारतबाट अवैध रुपमा पेस्तोल भित्र्याउने धन्दामा लागेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले विराटनगरको कोशी प्रोजेक्टबाट अवैध रुपमा नेपालमा ल्याएर पेस्तोल बेच्ने गिरोहलाई पक्राउ गरेको हो ।

प्रहरीले उदयपुर घर भएका मन्दिप तामाङ र सुनसरीको खनारका सुशील साहलाई पक्राउ गरेको छ । प्रहरीले मन्दिपको साथबाट ‘मेड इन यूएसई’ लेखेको पेस्तोल र त्यसमा लाग्ने केही गोलीसमेत बरामद गरेको छ । उनलाई पक्राउ गरेपछि अवैध रुपमा भारतबाट नेपालमा पेस्तोल भित्र्याउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले मन्दिपलाई पक्राउ गरेपछि सुशीललाई पक्राउ गरेको हो । प्रहरीले १ हप्तामा सुनसरी र मोरङबाट मात्र भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्र्याउने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले १ साताअघि सुनसरीका २ छुट्टाछुट्टै स्थानबाट पेस्तोलसहित ३ जना पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरी बल (बीओपी) भाण्टावारी र सीमा प्रहरी चौकी भाण्टावारीबाट संयुक्त रुपमा चेकिङमा खटिएको टोलीले १ थान स्वचालित पेस्तोलसहित भीमनगर–४ सुपोल बिहारका रञ्जितकुमार मुखियालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी चारकुने दशगजा छेउमा बीआर५०एफ ३२०६ नम्बरको मोटरसाइकलमा सवार मुखियाको शरीर खानतलासी गर्ने क्रममा १ थान सानो चाइनिज पेस्तोल र १ थान खाली म्याग्जिन फेला परेको थियो । बीओपी श्रीपुरबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले सुनसरीको कोशी गाउँपालिका–६ ढट्टाटोलमा पनि १ थान स्वचालित पेस्तोलसहित २ जना पक्राउ गरेको थियो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अन टेस्ट’ लेखिएको साइन मोटरसाईकल चेकजाँच गर्ने क्रममा चालक भारत सुपौल भवानिपुरका विवेक यादव र भारतको सितापुर–८ का सुरेशकुमार गोहितको साथबाट कटुवा पेस्तोल फेला परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्