
काठमाडौँ– वन तथा वातावरणमन्त्रीे शक्तिबहादुर बस्नेतले नेपालका बाँसजन्य उद्योग र जडीबुटीको उत्पादन तथा प्रशोधनका लागि नेपालले चीनसँग सहकार्य गर्ने बताएका छन् ।
नेपालका लागि चिनियाँ राजदूत यू होङले शुक्रवार मन्त्री बस्नेतसँग गरेकाे बिदाई भेटका अवसरमा मन्त्री बस्नेतले लगानीका लागि नेपाल उपयुक्त स्थान भएको र सकारात्मक वातावरण बनेको बताएका हुन् ।
सो अवसरमा राजदूत होङले पछिल्लो तीन वर्षमा नेपालमा चिनियाँ लगानी ६३५ प्रतिशतले वृद्धि भएको तथ्याङ्क उल्लेख गर्दैे चिनियाँ कम्पनीका लगानीमा निर्माणाधीन विकास आयोजनाका काममा सहजीकरण गरिदिन सरकारको ध्यानाकर्षण गराइन् । राजदूत होङ दुईवर्षे कार्यकाल पूरा गरी यसै महीना चीन फर्कंदै छिन् ।