२४ जेठ २०८३, आइतबार

विवाहपछि दुई वटा भव्य पार्टी दिँदै प्रियंका, यस्तो छ विवाह कार्यक्रम

विवाहपछि दुई वटा भव्य पार्टी दिँदै प्रियंका, यस्तो छ विवाह कार्यक्रम

प्रियंका चोपडा तथा निक जोनसको विवाहको समाचार पछिल्लो दिन चर्चामा छ । निक जोनस भारत आइसकेका छन् ।

जोडिले अहिलेसम्म विवाहको मिति सार्वजनिक गरेका छैनन् । तर मिडिया रिपोर्टहरुका अनुसार विवाह डिसेम्बर २ तारिखमा हुनेछ । विवाह जोधपुरको उम्मेद भवनमा हुनेछ । विवाह हिन्दू तथा क्रिश्चियन रीति रिवाज अनुसार हुनेछ । अब समाचार आइरहेको छ कि विवाहपछि उनीहरुले दिने पार्टीका बारेमा । उनीहरुको रिसेप्सन निकै भव्य हुने जनाइएको छ । 

जोधपुरमा विवाहपछि प्रियंका चोपडा तथा निक जोनसले दुई पार्टी दिने समाचारहरु सार्वजनिक भइरहेका छन् । पहिलो पार्टी फिल्म उद्योगका साथीका लागि मुम्बइमा हुनेछ भने दोस्रो पार्टी दिल्लीमा नै हुनेछ । 

बम्बे टाइम्सले विवाहको मिति सार्वजनिक गरेको हो । जसका अनुसार २९ नोभेम्बरमा मेहन्दी तथा संगीत कार्यक्रम हुनेछ । त्यस्तै ३० नोभेम्बरमा ककटेल पार्टी, १ डिसेम्बरमा हल्दी कार्यक्रम तथा २ डिसेम्बरमा निक प्रियंका विवाह बन्धमा बाँधिनेछन् । 

प्रियंकाको विवाहमा बलिउडका सलमान खान, रणवीर कपुर, आलिया भट्ट, कटरीना कैफ, फरहान अख्तर तथा सिद्धार्थ राय कपुर छन् । यसका साथै अन्य हस्तीहरुलाई पनि उनले विवाह कार्यक्रमको निम्तो दिएकी छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्