
काठमाडौं – सिप्रदी ट्रेडिङ प्रालि अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले हालै राष्ट्रव्यापी अटो प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
मंसिर १ गतेदेखि ४ गतेसम्म देशभरीका मुख्य मुख्य शहरका अटोमेकानिकहरुलाइ निशुल्क प्रशिक्षण दिइएको थियो। नैकाप, इटहरी, कोहलपुर, नेपालगन्ज, हेटौडा, बनेपा, धरान, सुर्खेत, पर्सा, चितवन, भक्तपुर दमक, दाङ, पोखरा, धादिङ, बिर्तामोड, भालुवाङ, चनौटा र बुटवल गरी २३ ठाउँमा अटो प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नयाँ प्रविधिका गाडीलाई बिना ल्यापटप कसरी चेक गर्ने, गाडीमा आएका समस्याहरु कसरी समाधान गर्ने लगायतका विषयमा सैद्धान्तिक तथा प्राविधिक ज्ञान दिइएको थियो । यसका साथै कार्यक्रममा बीएसफोर गाडीमा आएका नयाँ प्रविधि र यसमा आउने समस्या र सहज समाधानका उपायबारे बताइएको थियो । साथै नयाँ गियर बक्स ५५० सम्बन्धी प्रशिक्षण दिइएको थियो । ४ दिने प्रशिक्षणमा देशभरका ८ सय १६ जना अटो प्राविधिकको उल्लेखनीय सहभागिता थियो ।

यसअघि पनि सिप्रदी सहायताद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत अटो मेकानिक बन्न ईच्छुक युवालाई निःशुल्क रुपमा ६ महिने तालिम दिँदै आएको छ । यो बाहेक सिप्रदी सहायताद्वारा विभिन्न स्कूलमा प्रशिक्षण र विद्यालयको सामग्री वितरण, सरसफाई कार्यक्रम, योग शिविर, स्वास्थ्य शिविर लगायतको आयोजना गरेको छ ।
