२५ जेठ २०८३, सोमबार

आईएसभन्दा बढी खतरा रुसबाट रहेको बेलायतको भनाइ

आईएसभन्दा बढी खतरा रुसबाट रहेको बेलायतको भनाइ

काठमाडौं — बेलायती सेनाप्रमुख जनरल मार्क कार्लटन–स्मिथले राष्ट्रिय सुरक्षाको हिसाबमा रुस अहिले इस्लामिक स्टेटभन्दा बढी खतरनाक शक्तिका रूपमा रहेको टिप्पणी गरेका छन् । 

जुन महिनामा जनरल स्टाफ प्रमुखको पदमा नियुक्त भएपछि पहिलोपटक मिडियासँग बोल्दै जनरल कार्लटन स्मिथले निर्विवाद रूपमा रुस अहिले अल कायदा र आईएसजस्ता इस्लामी आतंकवादी समूहभन्दा बढी खतरा बनेको बताए । 

उनले भने, ‘रुसले पश्चिमी अतिसंवेदनशीलताको छानबिन र त्यसको दुरुपयोग गर्नका लागि सुनियोजित प्रयास गरेको छ । विशेषगरी साइबर, अन्तरिक्ष, समुद्रभित्र युद्ध जस्ता अपरम्परागत क्षेत्रमा यस्ता प्रयास भइरहेका छन् । हामीहरू
रुसबाट उत्पन्न खतराका विषयमा आत्मसन्तुष्ट हुन सक्दैनौं र त्यत्तिकै छोड्न पनि सक्दैनौं ।’

कार्लटन स्मिथ पूर्व एसएएस कमान्डर हुन् र उनले ओसामा बिन लादेनको खोजी टोलीको नेतृत्व गरेका थिए । उनले इराक र सिरियामा आईएसविरुद्धको अभियानमा बेलायतको नेतृत्व समेत गरेका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्