०४ असार २०८३, बिहीबार

अधिकारीलाई टोकेको भन्दै पक्राउ गरियो कुकुर, मानिसहरूले छुटाउन लगाए गुहार

अधिकारीलाई टोकेको भन्दै पक्राउ गरियो कुकुर, मानिसहरूले छुटाउन लगाए गुहार

काठमाडौं — बेलायतको नर्दम्टनशायर प्रहरीले आफ्नो विभागको एक अधिकारीलाई टोक्ने कुकुरलाई पक्राउ गरिएको छ । 

प्रहरीले चार महिने कुकुर बंगललाई खतरनाक बताउँदै उसमाथि डेन्जरस डग एक्ट लगाएको हो । बंगललाई नौ महिनाको हिरासतमा राखिने निर्णय लिइएको थियो । 

घटना सार्वजनिक भएपछि शहरभरिका मानिसले विरोध प्रदर्शन गरे । कुकुरलाई छुटाउनका लागि लगभग पाँच हजार मानिसले सार्वजनिक निवेदन पनि दिए । दबाबमा परेको प्रहरीले बंगललाई छोड्नुपरेको छ । 

बंगल नोभेम्बर १७ मा विद्युतीय ढोका खुला देखेपछि मालिकको घरबाट भागेको थियो । एक प्रहरी अधिकारीले उसलाई सडकमा घुमिरहेको देखेपछि पक्रिन खोजे । तर बंगलले ती अधिकारीको हातमा टोकिदियो । 

अनि अर्का प्रहरीले कुकुरलाई समाते अनि प्रहरी चौकी लगे । त्यहाँ बंगललाई हिरासतमा राख्ने निर्णय लिइयो । 

कुकुर पाँच दिनभन्दा बढी हिरासतमा रहेको कुरा मिडियामा सार्वजनिक भएपछि मानिसहरूले उसको स्वतन्त्रताका लागि अन्लाइन अभियान शुरू गरे । लगभग ३७०० मानिस भएको एक समूहले यस विषयमा निवेदन पनि दिए ।
कुकुरका मालिक डेभिड र सुजान हेयसले अदालतमा मुद्दा चलाउनका लागि दुई वकिल पनि नियुक्त गरेका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्