काठमाडौं– चलचित्र ‘सुश्री सम्पत्ति’को ट्रेलर सार्वजनिक भएको छ । सुव्रतराज आचार्यको कथा तथा निर्देशन रहेको चलचित्र मंसिर २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
कमेडी संवादले भरिपूर्ण ट्रेलरमा सुश्री र सम्पत्ति प्राप्तिका लागि दुई युवाको संघर्षलाई देखाउन खोजिएको छ । चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, सारा सिर्पाइली, विनोद न्यौपानेसंगै प्रमोद अग्रहरी, राजाराम पौडेल लगायतका कलाकार ट्रेलरमा फिचर्ड छन् ।
जयनन्द लामा, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको पनि अभिनय रहेको चलचित्रमा प्रियंका कार्की विशेष भूमिकामा छिन् ।