११ असार २०८३, बिहीबार

चीनमा रगतको खोला बगाउने आईएसआईएसको धम्की

कात्तिक २०, २०७४
चीनमा रगतको खोला बगाउने आईएसआईएसको  धम्की
काठमाडौं, २० फागुन–आतंकवादी संगठन आईएसआईएसले चीनमा रगतको खोलो बगाउने धम्की दिएको छ ।

आईएसआईएसले जारी गरेको एक ताजा भिडियोमा चीनलाई धम्की दिइदै नदीहरुमा रगत बग्ने बताएको छ ।
मिडिया रिपोर्टहरुका अनुसार चीन को जिनजियांग प्रान्त मा उइगर मुसलमान सामान्य अधिकारका लागि संघर्ष गरिरहेका छन् ।

उनीहरुलाई आफ्नो धार्मिक चिह्नको सार्वजनिक गर्न, बुर्का लगाउन तथा सार्वजनिक स्थानमा नमाज पढ्ने जस्ता छुट छैन । धार्मिक मामलामा सरकारी प्रतिबन्धले उनीहरु विस्तारै विद्रोह तर्फ अघि बढेको जनाइएको छ । आईएसले यो विद्रोहको फाइदा उठाउँदै उइगर मुस्लिमको युवा वर्गालाई आफ्नो साथमा लिएको छ ।

भारतीय सञ्चारमाध्यहरुले जनाए अनुसार आईएसले ठूलो संख्या मा उइगर मुसलमानसँग हात मिलाएका छन् । र, उनीहरुलाई हतियार चलाउने प्रशिक्षण दिएका छन् ।

इराक तथा सीरियामा ठूलो संख्यामा उइगर मुसलमान आईएस तर्फबाट लडिरहका छन् ।

जिनजियांग प्रांतमा उइगरों तथा बहुसंख्यक हानकाबीच टकराव बढेको छ । यो टकरावका कारण सयौं मानिस मरेको अनुमान गरिएको छ । केही दिन अघि  इराकी सेनाले आधा घण्टाका यस्तो भिडियो जारी गरेको छ जसमा आइएस उइगरोंलाई प्रशिक्षित गरिरहेको देखाइएको छ । यो भिडियोमा चिनियाँ राष्ट्रपति शी जिनपिङलाई पनि देखाइएको छ ।

भिडियोमा एक उइगरले आफ्ना साथिहरुलाई एकजुट हुनका लागि अपिल गरेको देखाइएको छ । भिडियोमा अमेरिका, चीन, रूस तथा दुनियाको हरेक क्षेत्रमा झन्डा बुलन्द गर्ने बताइएको छ ।

भिडियोमा जिनजियांग प्रांत को जमीनमा रगतले रातो बनाउने बताइएको छ र बदला लिदने संकल्प लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्