२६ जेठ २०८३, मंगलबार

‘समर लभ’को टिजर आयो, चलचित्र प्रेम दिवसमा आउने

‘समर लभ’को टिजर आयो, चलचित्र प्रेम दिवसमा आउने

काठमाडौं– सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘समर लभ’को टिजर सार्वजनिक गरिएको छ ।

प्रेम दिवसको अवसर पारेर माघ २५ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन । सुविन भट्टराईकै कथा रहेको चलचित्रमा सुविन र सामिप्यराज तिमिल्सिनाको पटकथा छ ।

चलचित्रमा आशिष पिया, रेवती क्षेत्री, सुरज सिंह ठकुरी, नम्रता सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ । पुस्तकका केही प्रेमवाला संवादलाई स्थान दिई तयार पारिएको टिजर निकै आकर्षक लाग्छ ।

नाइटिङ्गल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमापुष्पन प्रधानको शब्द तथा संगीत, कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन तथा अर्जुन जीसीको सम्पादन छ । चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी छ ।

salt training

कमेन्ट गर्नुहोस्