०९ असार २०८३, मंगलबार

व्यवसायीले मागेकै रुट दिँदा उपत्यकाको सवारी व्यवस्थापन अस्तव्यस्त

व्यवसायीले मागेकै रुट दिँदा उपत्यकाको सवारी व्यवस्थापन अस्तव्यस्त

ललितपुर –सरकारले यातायात व्यवसायीलाई उनीहरुले मागेकै रुट (मार्ग) दिँदा काठमाडौं उपत्यकाको सार्वजनिक सवारी रुट अस्तव्यस्त बनेको छ । व्यवसायीले चाहेको रुट दिँदा कुनै रुटमा सवारी चाप बढी र कुनै रुटमा बस जान नचाहने यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी शाखाले जनाएको छ । 

सार्वजनिक सवारीलाई गत वर्षसम्म यातायात व्यवसायी महासङ्घले रुटको अनुमति दिँदै आएको थियो । गतवर्ष सरकारले सार्वजनिक सवारी यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण हुने र कार्यालयबाट नै रुट लिने निर्णय गरेको थियो । कार्यालयले गत वर्षदेखि नै व्यवसायीलाई मागेको रुट दिइरहेको साना ठूला सवारी शाखाका प्रमुख बसन्तप्रसाद पन्थीले बताए ।

उनले भने- “कुनै रुटमा चाहिनेभन्दा बढी सवारीसाधन चलिरहेका छन्, भने कतिमा व्यवसायी जानै चाहँदैनन् ।” 

चक्रपथलगायत काठमाडौं उपत्यकाको भित्री क्षेत्रमा धेरै सवारीसाधनले रुट लिएका छन् । काठमाडौंबाट नजिकका बस्ती जोड्ने रुटमा भने सार्वजनिक सवारीको सङ्ख्या कम छ । प्रमुख पन्थीले भने, “कतै सवारी बढी हुँदा जाम हुने त कतै सार्वजनिक सवारी नै नहुँदा यात्रुले हैरानी बेहोरिरहेका छन् ।” 

काठमाडौँ उपत्यकामा रुटलाई व्यवस्थित गराउन यातायात व्यवस्था कार्यालयले कुन रुटमा कस्ता र कति सवारी आवश्यक छ, भन्ने अध्ययन समेत शुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालको संयोजकत्वमा गठित आयोगले सडकको अवस्था र यात्रुको चापका आधारमा रुट व्यवस्थित गर्न लागेको हो । 

प्राथमिक, सहायक र सहायता गरेर रुटलाई तीन भागमा रुट वर्गीकरण गरेर कति र कस्ता सवारी आवश्यक छ भन्ने निर्धारण हुने कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्