१० असार २०८३, बुधबार

मेको ब्रेक्जिट सहमतिलाई युरोपेली संघका नेताले गरे समर्थन

मेको ब्रेक्जिट सहमतिलाई युरोपेली संघका नेताले गरे समर्थन

काठमाडौं — युरोपेली संघका नेताहरूले आइतवार ब्रेक्जिट डीलमा औपचारिक सहमति जनाएका छन् । उनीहरूले बेलायती प्रधानमन्त्री टेरिजा मेको ब्रेक्जिट प्याकेजलाई समर्थन गर्न बेलायतीहरूलाई आग्रह समेत गरेका छन् । 

युरोपेली संघका २७ नेताहरूले ब्रसेल्समा जम्मा आधी घन्टामा ६०० पृष्ठ लामो सन्धिमा रबर स्ट्याम्प लगाएका छन् । उक्त सन्धिले मार्च २९ मा हुने बेलायती बहिर्गमनका शर्तहरू निर्धारण गरेको छ । अनि बेलायत र युरोपेली संघबीच
ब्रेक्जिटपछि हुने खुला व्यापार सम्बन्धका विषयमा २६ पृष्ठको घोषणामा पनि रबर स्ट्याम्प लगाइएको छ । 

मेले ती नेताहरूलाई केही समयपछि भेटेकी थिइन् । सम्झौतामा ठप्पा लगाउन सानो बैठक भएको हो । तर मेलाई आफ्नो देशको संसदबाट यो सहमति पारित गराउन निकै मुश्किल छ किनकि सहमतिलाई ब्रेक्जिट पक्षधर र युरोपेली
संघसमर्थक दुवैलाई चिढ्याएको छ । सहमतिका विषयमा बेलायती संसद् गहिरो गरी विभाजित भएको छ । 

यसैबीच राष्ट्रको नाममा खुला पत्र लेख्दै मेले ब्रेक्जिट सहमति पारित गराउन आफ्नो सर्वस्व दिने बताएकी छन् । 

तर ब्रेक्जिटमा कुनै छुट प्राप्त गरेर आफ्ना आलोचकहरूको मन जित्ने मेको आशामा युरोपेली संघका नेताहरूले तुषारापात गरेका छन् । 

‘सहमति यही हो,’ युरोपेली संघका प्रमुख कार्यकारी जँ क्लाउद जंकरले बताए । ‘बेलायती संसदमा बेलायती सरकारले सहमति पारित गर्नमा समर्थन पाउने विश्वास छ । बेलायतका लागि यो नै सबभन्दा राम्रो सहमति हो,’ उनले थपे । 

जंकरले आजको दिन उदास रहेको र ब्रेक्जिट एक त्रासदीका रूपमा रहेको टिप्पणी गरे । 

रोयटर्सबाट

salt training

कमेन्ट गर्नुहोस्