
काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई काठमाडौं ल्याइएको छ । गत शुक्रबारदेखि असामान्य व्यवहार देखाइरहेका उनलाई मानसिक स्वास्थ्यमा समस्या देखिएको भन्दै सरकारले काठमाडौं ल्याएको हो ।

उनलाई आइतबार काठमाडौंको महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार शुरु गरिएको बताइएको छ ।
गत साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी निर्मलाका आमाबुबाले दाषीलाई कारबाहीको माग गर्दै कार्तिक २५ गतेदेखि धर्नामा बसेका थिए । धर्नामा रहेकै अवस्थामा निर्मलाका बुबा पन्तको मानसिक स्वास्थमा समस्या देखिएको हो ।
