१० असार २०८३, बुधबार

आइचर दुर्घटनामा चालकको मृत्यु

मंसिर १०, २०७५
आइचर दुर्घटनामा चालकको मृत्यु

धादिङ-धादिङको थाक्रे गाउँपालिका–११ मान्खुमा आइतबार राति आइचर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

गोगनपानीमा सामान पुर्याएर फर्कदै गर्दा मान्खुमा बा ३ ख ७९४९ को आइचर कच्ची ग्रामीण सडकमा पल्टिएर माख्नु निवासी २५ वर्षीय साजन सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । 

गाडीमा तीन जना सवार रहेकामा अन्य दुई जना घाइते भएकाले उनीको उपचार काठमाडौँको ट्रमा सेन्टरमा भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्