१७ असार २०८३, बुधबार

हिरोइन नगमासँग भेट्न नपाएपछि कांग्रेस नेताले गरे मञ्चमै कुटाकुट

मंसिर १०, २०७५
हिरोइन नगमासँग भेट्न नपाएपछि कांग्रेस नेताले गरे मञ्चमै कुटाकुट

भारत मध्य प्रदेश विधानसभा चुनावको प्रचारका लागि शिवपुरी पुगेकी कांग्रेस नेता तथा अभिनेत्री नगमालाई भेट्न भारतीय कांग्रेसका कार्यकर्ता आपसमा भीडन्तमा उत्रिएका छन् । मञ्चमा दुई नेताबीच कुटाकुट भएको छ । 

नगमाले जब उनीहरुलाई रोक्ने प्रयास गरिन् तब कार्यकर्तासँग पनि उनको बहस भयो । विवाद भएपछि उनीहरुको हातबाट माइक खोसेर उनले सभालाई सम्बोधन गरिन् । 

नगमाले समयमा आउन नसेकेको भन्दै जनतासँग माफि मागिन् र यसको कारण प्रदेशको मुखिया शिवराज सिंह चौहानलाई दोष लगाइन् । चौहानले सडक राम्रो नबनाएका कारण समयमा पुग्न असफल भएको उनको भनाइ थियो । 

नगमा मध्य प्रदेशमा स्टार प्रचारको रुपमा कांग्रेसको लागि चुनाव प्रचार गरिरहेकी छिन् । 

नगमाको वस्तविक नाम नन्दिता अरविन्द मोराराजी हो । उनी तेलगु र तामिलकी कलाकार हुन् । साथसाथै उनले हिन्दी तेलगु, तामिल, भोजपुरी, मलायम,कन्नड फिल्म खेलेकी छिन् ।

उनको लाल वादशाह, कुवारा, ए तेरा घर लगायतका कयौं हिन्दी फिल्ममा अभिनय गरेकी छिन् । सबै गरेर उनले ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्