
काठमाडौं — भारतको छत्तीसगढ राज्यमा माओवादी प्रभावित क्षेत्र सुकमामा भिडन्त भएपछि सुरक्षाबलले सफलता प्राप्त गरेका छन् । भिडन्तमा आठजना माओवादी मारिएका छन् ।
गोली हानाहान हुँदा दुई सुरक्षा जवानको पनि मृत्यु भएको छ । सुकमाका एसपी अभिषेक मीणाले सोमवार बिहान सकलार गाउँमा भिडन्त भएको बताए । भिडन्त एसटीएफ र डीआरजीले मिलेर गरेका थिए ।
मीणाले भने, ‘भिडन्तमा आठ माओवादी मारिएका छन् । हाम्रा दुई डीआरजी जवान पनि शहीद भएका छन् । एसटीएफ र डीआरजीले मिलेर इन्काउन्टर गरेका हुन् । सुकमा जिल्लाको सकलार गाउँमा नक्सलीहरू लुकेका थिए ।’
यसअघि छत्तीसगढको नक्सलप्रभावित सुकमा जिल्लामा प्रहरी भिडन्तमा एक नक्सली मारिएका छन् ।
एजेन्सी