१२ असार २०८३, शुक्रबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मंसिर १०, २०७५
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बनेपा– बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोको नमोबुद्ध नगरपालिका–२ बुच्चकोटमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार काठमाडौंबाट भकुण्डेतर्फ गइरहेको को २८ प १३१४ नं को मोटरसाइकल अर्को सवारी साधनसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ जिल्ला सानोपोखरा–७ बस्ने वर्ष ३९ को पूर्णबहादुर मगर घाइते भएको र धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु हो । 

प्रहरीका अनुसार सो मोटरसाइकललाई कुन सवारी साधनले ठक्कर दियो भन्ने कुरा खुल्न सकेको छैन । ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्