११ असार २०८३, बिहीबार

पृथ्वी नतातोस् भनी सूर्यको किरण छेक्न वैज्ञानिकहरूले बनाए रसायन

मंसिर १०, २०७५
पृथ्वी नतातोस् भनी सूर्यको किरण छेक्न वैज्ञानिकहरूले बनाए रसायन

काठमाडौं — पृथ्वीको तापक्रम दिनदिनै बढ्दो छ । यसले गर्दा हिमनदीहरू धमाधम पग्लिरहेका छन् । यसो हुँदा तटीय क्षेत्रका शहरहरू डुब्ने खतरा छ । 

वैज्ञानिकहरूले सूर्यको ताप कम गर्नका लागि विचार गरिरहेका छन् । यसो गर्दा पृथ्वीको तापक्रम कम हुन सक्छ र ध्रुवीय क्षेत्रको हिउँ पग्लिन पाउँदैन । 

वैज्ञानिकहरूले वायुमण्डलमा स्ट्य्राटोफेरिक एयरोसोल छर्किन खोजेका छन् जसले सूर्यको तापलाई कम गर्छ । 

सूक्ष्म ठोस कण वा तरल थोपाहरूलाई हावा वा अन्य ग्यासमा मिश्रण गर्दा त्यसलाई एयरोसोल भनिन्छ । धूवाँ, धूलो र हावामा उपलब्ध प्रदूषक तत्त्व एयरोसोलका उदाहरण हुन् । 

हार्वर्ड र येल विश्वविद्यालयका वैज्ञानिकहरूको यो अनुसन्धान इन्भायरोनमेन्ट रिसर्च लेटर्समा प्रकाशित भएको हो । वैज्ञानिकहरूका अनुसार, वायुमण्डलमा एयरोसोल छर्केपछि अहिलेको ग्लोबल वार्मिङ आधी हुन्छ । 

योजनाअनुसार, यो एयरोसोल वायुमण्डलको दोस्रो पत्र स्ट्य्राटोस्फीयरमा पृथ्वीबाट २० किलोमिटरमाथिको उचाइमा छर्किइनेछ । यसका लागि उचाइमा जान सक्षम जेट विमान, बेलून वा लामो दूरीसम्म मार हान्न सक्ने बन्दूक प्रयोग
गरिनेछ । 

यो योजना पूरा हुनका लागि १५ वर्ष लाग्नेछ । यसमा लगभग ४० हजार करोड रुपैयाँ खर्च हुनेछ । यति महंगो परियोजनाले काम गर्छ नै भन्ने पनि कुनै सुनिश्चितता छैन । 

अनुसन्धानकर्ताहरूले एयरोसोल वायुमण्डमा छर्किंदा फसलहरूमा खराब असर पर्न सक्ने बताएका छन् । यो महंगो र दीर्घकालीन रूपमा खतरनाक पनि रहेको समेत केही वैज्ञानिकहरूले चेतावनी दिएका छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्