०४ साउन २०८३, सोमबार

फोहरको भाँडोमा भेटिएको कुराले करोडपति बनायो यो जोडीलाई

मंसिर १०, २०७५
फोहरको भाँडोमा भेटिएको कुराले करोडपति बनायो यो जोडीलाई

काठमाडौं — अमेरिकाको लुइजियानामा एक जोडीले फोहरको डंगुरमा लटरी टिकट भेटेपछि करोडौं रुपैयाँ जितेको छ । 

लटरीमा उनीहरूले २१ करोड रुपैयाँ जिते । 

तर करकट्टी गरेर उनीहरूले १५ करोड रुपैयाँ मात्र पाउनेछन् । 

ह्यारोल्ड र टिना नाम गरेको यो जोडीले घर सफा गर्दा टिकट भेटेका थिए । 

लाइभमिन्ट नामक वेबसाइटको एक रिपोर्टअनुसार, यो टिकट ६ जुनको लटरीको थियो र त्यसको परिणाम घोषणा भएको पनि निकै समय बितिसकेको थियो । 

उनीहरूले त्यतिखेर टिकट हराएका थिए तर पुरस्कारमा दाबी गर्न पाउने अन्तिम मितिभन्दा ठीक अघि टिकट फेला पारे । 

जोडीका अनुसार, उनीहरू बाहिर गएका थिए र फर्केर आएपछि घर सफा गरे । सफाइको क्रममा उनीहरूले टिकट फोहरको डंगुरमा भेटे । 

उनीहरूले लटरीको वेबसाइटमा गएर चेक गर्दा सबै नम्बर मिल्यो र उनीहरूसँग पुरस्कार दाबी गर्ने समय बाँकी नै थियो । 

नियमअनुसार, कुनै पनि लटरीको परिणाम घोषणा भएको १८० दिनमा पुरस्कारमा दाबी गर्न पाइन्छ । पन्ध्र दिन मात्र ढिलो भएको भए उनीहरूले करोडौं रुपैयाँ गुमाउनुपर्ने हुन्थ्यो । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्