१९ असार २०८३, शुक्रबार

सिरिया : विद्रोही र सेनाबीचको झडपमा २ सय जनाको मृत्यु

मंसिर ११, २०७५
सिरिया : विद्रोही र सेनाबीचको झडपमा २ सय जनाको मृत्यु
सन्दर्भ तस्वीर

बेरुत- सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमा नजिकै विगत तीन दिन यता भएका विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २०० जनाको मृत्यु भएको सिरियाली मानब अधिकारवादी समूहहरूले जनाएका छन् । 

झडपहरूमा अमेरिकाको समर्थन प्राप्त सुरक्षाबलका ९२ जना सुरक्षाकर्मीहरु सिरियाको पूर्वी क्षेत्रमा तीन दिनमा मारिएका छन् । इस्लामिक स्टेट (आइएस) लडाकूहरुले गरेको आक्रमणमा परी उनीहरु मारिएको अनुगमनकर्ताहरुले सोमबार जानकारी दिएका छन् । 

भीडन्तका कारण अन्य ५१ जना आम नागरिक पनि मारिएको समाचारमा जनाइएको छ । यो घटना पछिल्लो समयमा भएका घटनामध्ये सवैभन्दा धेरै सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) का सुरक्षाकर्मीहरु मारिएको घटना हो । 

“आइएस लडाकूहरुद्वारा एसडीएफका सुरक्षाकर्मीहरु धेरै मारिएको सन् २०१५ पछिकै यो सवैभन्दा ठूलो घटना हो,” सिरियाली मानव अधिकारवादी समूहका प्रमुख रामी अब्देल रहमानले भन्नुभयो । उहाँले दिएको जानकारी अनुसार उक्त घटनाहरूमा परी ६१ जना जिहादि विद्रोही पनि मारिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्