
सुर्खेत– दैलेख जिल्ला निर्वाचन क्षेत्र नं. २ मा आएको संसद विकास कोषको चार करोड रुपैंया विनियोजन गरिएको छ । सांसद राजबहादुर बुढाका अनुसार बजेटको अधिकांस भाग सडक निर्माणमा केन्द्रित गरी विनियोजन गरिएको छ । सडक निर्माणका लागि कोषबाट दुई करोड ९३ लाख बजेट विनियोजन हुँदा प्राविधिक शिक्षातर्फ एक करोड पाँच लाख बजेट विनियोजन गरिएको हो ।
जिल्ला समन्वय समिति दैलेखले खर्च गर्ने गरी दुई लाख बजेट विनियोजन गरिएको हो । सडक निर्माणतर्फ गडाज्यूला, बुडेली, हाडाकोट हुँदै मटेलाका लागि रु ५० लाख, मटेला, कोसेडी, प्याडुली, भैरवस्थान हुँदै ठाँटीकाँध सडक खण्डका लागि रु २५ लाख, ठाँटीकाँध पाँचाला, आग्र हुँदै स्याउँलेकाँध सडक खण्डका लागि रु ७५ लाख, तल्लो डुंगेश्वर, खच्र्यागैरा, वडा कार्यालय बैकका लागि रु ४० लाख, कुसापानीको कालगौंडाका लागि रु ६० लाख र भितरखोला हुँदै पिपलकोट सडक खण्डका लागि ४३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको सांसद बुढाले जानकारी दिए ।
यस्तै शिक्षा तर्फ प्राविधिक शिक्षा सञ्चालन गर्ने गरी कालिका मावि तिलेपाटाका लागि २५ लाख, हाडाकोट माविकालागि रु २५ लाख, घुम्नेखाली माविका लागि रु २५ लाख, नेराआवि दुल्लुकालागि रु २० लाख र गमौडी माविका लागि रु १० लाख बजेट विनियोजन गरिएको सांसद बुढाले जानकारी दिए ।