
काठमाडौं, २० फागुन — युएईका लागि राजदूतमा सिफारीस भएकी म्यानपावर व्यवसायी आशा लामाको नाम फिर्ता भएको छ । उनको नाम संसदीय सनुवाईमा पठाइएको छैन ।
मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले उनको नाम फिर्ता ल्याएको थियो । ओमानका लागि राजदूत सिफारीस शर्मीला पराजुलीको नामपनि सूचीबाट हटाउने निर्णय भएको थियो । तर फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारको दवावका कारण उनको नाम चाहिँ फिर्ता भएको छैन ।
मन्त्रिपरिषदको निर्णय अनुसार परराष्ट्रमन्त्री महतले लामाको नाम फिर्ता ल्याएका छन् । लामा नेपाली कांग्रेसबाट सिफारीस भएकी हुन भने पराजुली गच्छदारकै पार्टीको कोटाबाट सिफारीस भएकी हुन् ।
अब संसदीय समितिले पास गरेपछि प्रस्तावित राजदूतको टुंगो लाग्ने छ ।