०९ असार २०८३, मंगलबार

प्रियंका र निकको विवाहमा भाग लिन भारत आइपुगे निकका परिवार

मंसिर ११, २०७५
प्रियंका र निकको विवाहमा भाग लिन भारत आइपुगे निकका परिवार

काठमाडौं — प्रियंका चोपडा र निक जोनसबीच डिसेम्बरको पहिलो हप्तामा राजस्थानमा विवाह हुन लागेको छ । 

विवाहोत्सव बुधवारबाट शुरू हुँदैछ । प्रियंका र निकको यो खुशियालीको अवसरमा उनीहरूका परिवारहरू भेला हुन थालेका छन् । 

बिहेको कर्मकाण्डमा भाग लिन निकका दाइ जो जोनस आफ्नी प्रेमिका सोफी टर्नरका साथ भारत पुगेका छन् । 

सोमवार साँझा सोफी, जो, प्रियंका र निक घुम्न निस्किए । उनीहरूले यसअघि पनि सँगै धेरैचोटि न्युयोर्क र लस एन्जेलसमा मस्ती गर्ने गरेका थिए ।

सोफी यसअघि प्रियंकाको ब्याचलरेट पार्टीमा पनि थिइन् । 

प्रियंकाको मुम्बईस्थित घर पाहुनाको स्वागतका लागि सजाइएको छ । जोधपुरमा भन्दा अगाडि मुम्बईको घरमा बिहेको कर्मकाण्ड शुरू हुन लागेको हो । 

निक र प्रियंकालाई जोडेर निकयांका भन्ने गरिएको छ । जोधपुरको उम्मेद भवनमा बिहेका लागि विशेष हेलिप्याड बनाइएको छ । त्यो हेलिप्याड प्यालेस ग्राउन्डभित्र छ । 

प्रियंका आफ्नो बिहेमा हेलिकप्टरमार्फत भव्य प्रवेश गर्नेछिन् । अनि बाहिरबाट आउने पाहुनालाई पनि हेलिकप्टरबाट सीधै विवाहस्थलसम्म लगिनेछ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्